अर्थमन्त्री डा महत भन्छन्-'बिपीको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्छ'

काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्ने बताएका छन् । 

बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पार्टीले बिपी कोइरालाको साहित्य क्षेत्रलाई छपाएर गाउँगाउँसम्म पुर्‍याउनुपर्ने उल्लेख गरे ।