आज गण्डकीदेखि पश्चिमका केही ठाउँमा ठूलो वर्षा

गएराति गण्डकीदेखि पश्चिमका केही ठाउँमा ठूलो पानी परेको छ । कास्की, गोरखा, रुपन्देही, पाल्पा, दाङ, रुकुम पूर्व, नवलपरासी, कपिलवस्तु, बाँके, रोल्पा लगायत जिल्लाका केही ठाउँमा ठूलो पानी परेको हो । अरू ठाउँको तुलनामा कास्की, रुपन्देही र रुकुम पूर्वमा निकै ठूलो पानी परेको छ ।

काठमाण्डौ उपत्यकासहित अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । लगातार पानी परिरहेका ठाउँमा भेलबाढीको जोखिम भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।