आँखा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक टिकटक बनाउँदा ५० हजार पुरस्कार पाइने

नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्यसम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । आउँदो असोज २५ गते परेको विश्व दृष्टि दिवसको अवसरमा संघले सो प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

उत्कृष्ट हुने टिकटक भिडियोलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिने संघले जनाएको छ । प्रतियोगिताले आँखा स्वास्थमा केन्द्रित भइ जनचेतनामुलक भिडियो निर्माण गर्नुपर्नेछ ।

भिडियोको विषयवस्तु मौलिक हुनुपर्नेछ भने सामाजिक सद्भावमा खलल पार्ने तथा समाजलाई नकारात्मक प्रभाव पार्ने संवाद वा विषयवस्तु समावेश गर्न पाइने छैन ।प्रतियोगीले असोज २३ गते बेलुका ५ बजेसम्ममा भिडियोको लिंक पठाउन सक्नेछन् । विजेताको घोषणा असोज २५ गते विश्व दृष्टि दिवसको दिन गरिनेछ र सोको जानकारी नेपाल नेत्रज्योति संघको टिकटक तथा फेसबुकमार्फत गराइने संघले जनाएको छ ।