किरिया खर्चको रकममा पनि घुस खाएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायव सुब्बा अशोककुमार यादव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
सवारी ज्यान कसुर मुद्दामा मृतकको आफन्तले पाउनुपर्ने किरिया खर्च तथा क्षतिपूर्ति बापतको रकम लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीमा जाँदा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो ।
पीडित पक्षबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित यादवलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नियन्त्रणमा लिएको हो।