अदालतमै पूर्वन्यायाधीश गिरीमाथि जुत्ता प्रहार

काठमाडौँ - काठमाडौं जिल्ला अदालतमा पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार भएको छ । अदालतभित्रै पूर्वन्यायाधीश गिरीकी पत्नी आरती गिरीले श्रीमान् भुवनमाथि जुत्ता प्रहार गरेकी हुन् ।

आरतीले भुवनमाथि वैवाहिक बलात्कारको मुद्दा चलाएकी छन् । सोही मुद्दाको पेसी बुझ्न आएका भुवनमाथि आरतीले जुत्ता प्रहार गरेकी हुन् । दुवैजना पेसी बुझ्न काठमाडौं जिल्ला अदालतमा पुगेका थिए ।

भुवनमाथि जुत्ता प्रहार गरेपछि आरतीले सुरक्षाकर्मीले गेट बाहिर राखेको थियो। आरतीले लगाएको वैवाहिक बलात्कार आरोपमा गत २८ चैतमा गिरी पक्राउ परेका थिए।