HDD वा SSD, डाडा स्टोरेजको लागि तपाईंका लागि कुन उपयुक्त ?

आफ्नो कम्प्युटरका लागि उपयुक्त स्टोरेज छान्नु तपाईंका लागि सजिलो काम नहुन सक्छ । स्टोरेजको क्षमता र मूल्यलाई मात्र आधार मानी यसको निर्क्यौल गर्न कठिन हुन्छ ।

कुन स्टोरेजले कस्तो पर्फर्मेन्स दिन्छ, पावर कति खपत गर्छ र यसको विश्वसनीयता कस्तो छ भनेर थाहा पाउन जरूरी हुन्छ । हामीसँग भएका दुई मुख्य स्टोरेज विकल्पमा हार्ड डिक्स ड्राइभ (एचडीडी) र सोलिड स्टेट ड्राइभ (एसडीडी) हुन् । आज हामीसँग यी दुईबीच तुलना गर्दैछौं, जसबाट तपाईंलाई उपयुक्त स्टारेज छान्न सहज हुनेछ ।

क्षमता 

ल्यापटप वा डेस्कटप कम्प्युटरका लागि एसएसडी र एचएचडी दुवै समान क्षमताका साथ तपाईंले बजारमा पाउन सक्नुहुन्छ । अधिकांश कम्प्युटरहरुमा एक टीबी वा दुई टीबीभन्दा माथि क्षमताको हार्डड्राइभ हुँदैन ।

यता २ टीबीभन्दा माथिको एसएसडी पाउन मुस्किल हुन्छ । तर यही क्षमताको एचडीडी भने धेरै हुन्छन् । त्यत्तिकै सस्तो पनि । यसर्थ यदि तपाईंलाई उच्च क्षमताको स्टोरेज आवश्यक छ भने एचडीडी तपाईंका लागि राम्रो अप्सन बन्न सक्छ । 

मूल्य 

एसएसडीको मूल्य पछिल्ला केही वर्षमा निकै घटेको छ । २ टीबीसम्म क्षमतामा पाउनका लागि तपाईंले अतिरिक्त खर्च गर्नुपर्दैन । तर एचडीडी त झन् अझै सस्तो मूल्यको प्रविधि हो । 

एउटा दुई टीबीको एसएसडीलाई २० देखि २५ हजार रुपैयाँसम्म पर्छ भने त्यही क्षमताको एचडीडी ७/८ हजार रुपैयाँमा पाउन सकिन्छ । जबकि ५१२ जीबीको एसएसडीका लागि मात्र तपाईंले ५० डलर अर्थात ८-१० हजार रुपैयाँ खर्च गर्नुपर्छ । एचडीडी सस्तो हुन्छ । त्यसैले ठूलो क्षमताको खरिद गर्नु नै फाइदाजनक हुन्छ ।

 विश्वसनीयता

एसएसडीमा हलचल हुने पुर्जा हुँदैनन् । जसले गर्दा एसएसडी निकै नै किफायती हुन्छ । यो झर्दा, वा फाल्दा समेत टुट्ने फुट्ने किसिमको हुँदैन । पुरानो हुँदै जाँदा र धेरै प्रयोग गर्दा पनि यसमा मेकानिकल समस्या आउँदैन । यसकारण एसएसडी एचडीडीको तुलनामा धेरै विश्वसनीय हुन्छ । 

तर याद गर्नुपर्ने अर्को कुरा भनेको एसएसडीमा सीमित पटक मात्र राइट गर्न मिल्छ । त्यसैले यसमा धेरैपटक डेटा राइट गरियाे भने यो बिग्रिनसक्छ ।

एसएसडी प्रविधिमा अहिले सुधार भएको छ । अपरेटिङ सिस्टम पनि अझै स्मार्ट भएक‍ा छन्, जसले डिभाइसमा डेटा कसरी राइट गर्ने भन्ने कुरा बुझाउन मद्दत गरेको छ । 

 पर्फमेन्स

जब तपाईं एचडीडीबाट एसएसडीमा जानुहुन्छ, तब यी दुईबीचको पर्फमेन्स लेभल निकै फरक पाउनुहुनेछ । परम्परागत हार्ड डिस्क ड्राइभमा विन्डाेज कम्प्युटर बूट अर्थात स्टार्ट वा रिस्टार्ट हुन धेरै समय लाग्छ ।

एसएसडीबाट हुने बुटिङ सेकेण्डमा मापन गर्न सकिन्छ । एसएसडीबाट गरिने जुनसुकै काम पनि एचडीडीमा भन्दा छिटो हुन्छ । फाइल पढ्ने, सेभ गर्ने, एप स्टार्ट गर्ने आदि सबै काम यसमा छिटो रुपमा सम्पन्न हुन्छन् । 

तसर्थ एसएसडीहरु फास्ट हुन्छन् । साथै समयसँगै एचडीडी जस्तो एसएसडी स्लो डाउन भएर पनि जाँदैन । ड्राइभ फुल हुँदा समेत यसको पर्फमेन्स सधैं उस्तै रहन्छ ।