काठमाडौं महानगरले माग्यो १०८ जना कर्मचारी

काठमाडौं महानगरपालिकाले १०८ जना करार कर्मचारी माग गरेको छ । महानगरले आज एक सूचना जारी गरी मेडिकल अधिर्कतदेखि कार्यालय सहयोगीसम्म माग गरेको हो । महागनरले लोकसेवा आयोगबाट सिफारिस भएर नआउँदासम्म असार मसान्तसम्मका लागि मात्रै करारमा काम गर्ने गरी कर्मचारी माग गरेको हो ।

महानगरले आठौं तहको मेडिकल अधिकृत ४ जना, पाँचौं तहको ल्याब टेक्निसियन २९ जना, पाँचौं तहको फिजियोथेरापी असिस्टेन्ट ३२ जना, पाँचौं तहको स्टाफ नर्स ५ जना माग गरेको छ । त्यस्तै, फार्मेसी सहायक १० जना, रेडियोग्राफर र तथ्यांक सहायक १/१ जना माग गरेको छ । श्रेणीविहीन २६ जना कार्यालय सहयोगीसमेत माग गरेको छ ।