लुम्बिनी प्रदेशसभा सदस्य यादव निलम्बित

लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव सांसद पदबाट निलम्बन भएका छन् । यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि प्रदेशसभाले यादव सांसद पदबाट निलम्बन गरेको हो।  वन पैदावरको हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवसमेतलाई विपक्षी बनाई विशेष अदालतमा   मुद्दा दायर भएको छ।