सरकारी छाप र दस्तखत कीर्तेमा ५ वर्ष कैद सुनाइएका व्यक्ति पक्राउ

सरकारी छाप तथा दस्तखत कीर्तेमा ५ वर्ष १५ दिन कैद र २५ रुपौयँ जरिवाना सजाय सुनाइएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुका ३७ वर्षीय विकास राउत छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । सरकारी छाप दस्तखत कीर्तेमा काठमाडौं जिल्ला अदालतले २६ पुस २०६६ मा उनलाई दोषी ठहर गरेको थियो ।