सन्दीप विरुद्ध मुद्दाको सुनुवाइ आज पनि स्थगित

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध चलिरहेको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। जिल्ला अदालत काठमाडौंमा चलिरहेको मुद्दामा सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा चढेन र सुनुवाइ स्थगित भएको हो।

न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन्। सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आई नसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याइएको बताइएको छ  हुन्।उक्त मुद्दाको पेसी अब कहिले तोकिन्छ भन्ने बारेमा केही उल्लेख गरिएको छैन।