शेयर बजार साढे १९ अङ्कले घट्यो, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ४२ अङ्कले घटेर दुई हजार १० दशमलव ३५ विन्दुमा झरेको छ ।

आज आइतवार लघुवित्तबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धेरै शुभम पावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एसियन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ९० लाख तीन हजार कित्ता शेयर दुई अर्ब ३२ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको १३ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।