लुम्बिनीमा चार दलले समर्थन फिर्ता लिने

 

काठमाडौँ - संघमा नयाँ राजनीतिक समीकरण बनेसंगै लुम्बिनी प्रदेशमा पनि प्रदेशको सत्ता समीकरण बदलिने देखिएको छ ।

सत्ता साझेदार चार दल नेकपा माओवादी केन्द्र,नागरिक उन्मुक्ति पार्टी, जसपा र लोसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् । चार दलले अनौपचारिक रूपमा छलफल समेत गरिरहेका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणका लागि दलहरु केन्द्रको पर्खाइमा छन् ।