लुम्बिनी प्रदेश सभाको बैठक भोलिदेखि बस्ने

 लुम्बिनी - लुम्बिनीको प्रदेश सभाको दोस्रो अधिवेशन बैठक भोलि शुक्रबारदेखि बस्ने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वानका लागि मंगलबार सिफारिस भएर आएको भन्दै शुक्रबार १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका बैठक राप्ती उपत्यका देउखुरी स्थित प्रदेश सभा भवनमा बस्नेछ ।