कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उनको गएराति बीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए ।

ढकालका अनुसार मेयर नकर्मीको निधन भएकाले आज नगरपालिकाभर शोक बिदा दिइएको छ । उनकाे पार्थिव शरीर बिहान ९ बजे कीर्तिपुर नगरपालिकामा ल्याएर  श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने ढकालले जानकारी दिए । नकर्मी लामाे समयदेखि मिर्गौला राेगबाट पीडित थिए ।