तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिने बालकको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा मनिष सापकोटा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा हिजाे पोखरामा ज्यान गएकाे हाे । तत्कालै उनलाई दमौली अस्पतालमा प्राथमिक उपचारपछि पोखरा पठाइएको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयाे ।