सेक्युरिटी प्रीटिन्ङ घोटाला प्रकरण: सुनिल र विकल पौडेललाई अनुसन्धान गर्न ७ दिन म्याद थप

काठमाडौं सेक्युरिटी प्रीन्टिङ घोटाला प्रकरणमा  नेपाल टेलिकमका पूर्वप्रवन्धक निर्देशक सुनिल पौडेल र सुरक्षण प्रीन्टिङ प्रेसका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई सात दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। विशेष अदालतका प्रबक्ता  धन बहादुर कार्कीका अनुसार पौडेलद्वयलाई हिरासतमै राखी अनुसन्धान गर्न भन्दै ७ दिनको म्याद दिएको बताए ।

हिरासतमा नराख्न भन्दै पौडेलद्वयले आफ्ना तर्फबाट वकिल राखी बहससमेत गराएका थिए । अख्तियारले पक्राउ गरेका व्यक्तिविरुद्ध म्याद थप गर्दा सामान्यतया बहस गर्ने प्रचलन छैन ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पौडेलद्वयलाई बुधबार पक्राउ गरेको थियोे ।सेक्युरिटी प्रीन्टिन्ङ घोटाला प्रक्रियामा मुछिएका उनीहरु निलम्बित भएका थिए । अघिल्लो मुद्दा अदालतमा विचाराधीन रहँदै विशेष अदालतमा उपस्थित हुनुपर्ने पत्रसमेत नबुझेर उनीहरु फरार हुँदै आएका थिए । विशेष अदालतले काठमाडौं जिल्ला अदालतमार्फत म्याद तामेल गराउन खोज्दा उनीहरू भेटिएका थिएनन् ।