आज सुनको मूल्य तोलामा १०० ले बढ्यो

नेपाली बजारमा आइतबार (वैशाख १३) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ७०० रुपैयाँ कायम छ । शुक्रबार (वैशाख १२) छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।