ललितकला लेखन प्रतियोगीताका उत्कृष्टलाई पुरस्कार प्रदान

काठमाडौँ - नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का बारेमा समाचार लेखन, प्रसारण तथा समीक्षा लेखन प्रतियोगितामा उत्कृष्टहरूलाई पुरस्कृत गरिएको छ । 

बुधबार आयोजित एक समारोहमा प्रदान गरिएको पुरस्कार प्राप्त गर्नेमा सुकृत नेपाल गोरखापत्र दैनिक, रेनुका ढकाल दी राइजिङ नेपाल, उर्जा आचार्य दि काठमाडौँ पोस्ट, दीपेन्द्र ढुंगाना नयाँ पत्रिका, हेमन्त गौतम एनटिभी प्लस पुरस्कृत भएका हुन् ।