आज बिहानैदेखि हल्का वर्षा, दिउँसो यी भू–भागमा वर्षा

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहँदा वर्षा हुने क्रम केही घटेको छ । भारतको दक्षिण पूर्वी उत्तर–प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव नेपालमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । वाग्मती प्रदेशको एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोसी, मधेस, गण्डकी र वाग्मती प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।