जग्गा नामसारी गर्न डेढ लाख घुस लिने मालपोत कार्यालय सुनसरी ईनरुवाका नासु र खरिदार रंगेहात पक्राउ

जग्गा नामसारी गर्न डेढ लाख घुस लिने नासु र खरिदार रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारीलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।

उनीहरूले जग्गा नामसारी गरेबापत भन्दै सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ। घुस लिइसकेको अवस्थामा रकमसहित अख्तियार टोलीले उनीहरूलाई इनरुवा नगरपालिका– ३ मालपोत चोकबाट नियन्त्रणमा लिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।