सरकारले स्वास्थ्य बिमा बोर्डका निर्देशक डा. दामोदर बसौलालाई बर्खास्त गर्यो

सरकारले स्वास्थ्य बिमा बोर्डका निर्देशक डा. दामोदर बसौलालाई पदबाट हटाएको छ । यही माघ ९ गते मन्त्रिपरिषद्को बैठकबाट उनलाई निर्देशकको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो ।

डा. बसौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पत्राचार गर्दै पदबाट हटाइएको जानकारी गराएको छ । उनले पदीय जिम्मेवारी पूरा नगरेको र बोर्डको हितविपरीत कार्य गरेको पत्रमा उल्लेख छ ।

fgm-1706603231.jpg