जिउँदै मान्छे इँटाभट्टामा हालेर हत्या गर्ने पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीशहरुविरुद्ध उजुरी

जिउँदै मान्छे इँटाभट्टामा हालेर हत्या गरेको जघन्य अपराधमा कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीशहरुविरुद्ध न्याय परिषदमा उजुरी परेको छ।

आलमलाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत रौतहटको फैसला उल्ट्याएका उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनविरुद्ध युवराज पौडेल सफलले उजुरी दिएका हुन्।

‘जिल्ला अदालत रौतहटले पीडितलाई न्याय दिनेगरी ऐतिहासिक रुपमा गरेको आदेशलाई समेत चुनौति दिने उल्लेखित न्यायाधीशको आदेशले पीडितहरुको न्यायीक बाटोमा अबरोध सिर्जना गर्दै अब झन् पीडित, साक्षी र प्रत्यक्षदर्शीहरुको जिउ ज्यानको समेत असुरक्षा भएको अवस्था छ,’ उजुरीमा भनिएको छ।