यसपालि मनसुन ढिला बाहिरिने, अझै ३/४ दिन पानी पर्ने

मौसम पूर्वानुमान् महाशाखाले यसपालि मनसुन बाहिरिन केही समय लाग्ने बताएको छ। महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भएपनि यसपालि केही दिन ढिला हुने जानकारी दिएको हो।

हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशा तर्फ सर्ने सम्भावना भएकाले देशका धेरै स्थानमा ३/४ दिनसम्म हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।