डा. रमेश बलायरको ‘मनको बिम्ब’ लोकार्पण

काठमाडौँ - डा।रमेश बलायरको कविता संग्रह ‘मनको बिम्ब’ एक समारोहका बीच लोकार्पण भएको छ ।

साझा प्रकाशनले प्रकाशित गरेको उक्त पुस्तकमा ३७ वटा कविता संग्रहित छन् ।

पूर्व गृहसचिव गोविन्द कुसुम तथा आख्यानकार बुद्धिसागरको प्रमुख आतिथ्यमा बोधि बुक्स एण्ड बेक्समा आयोजित लोकार्पण समारोहमार्फत कविता संग्रह सार्वजनिक भएको हो ।

सार्वजनिक कविता संग्रहमा कवि बलायरले आफ्नो जीवनको भोगाइ, हालको राजनीतिक परिदृष्य, राष्ट्रको चिन्तन, महिला सशक्तिकरण लगायतका अनुभूतिहरु अभिब्यक्त गरेका छन् ।