सेभियाले उचाल्यो युरोपा लिगको उपाधि

काठमाडौँ - स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधी चुमेको छ । इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै सेभियाले उपाधि हासिल गरेको हो ।

बुधबार राति पुस्कास एरिना बुढापेस्ट, हंगेरीमा भएको खेलमा निर्धारित समयमा १-१ गोलको बराबरी रोकिए पछि ट्राइबेकरमा खेललाई लगिएको थियो ।

ट्राइबेकरमा बाजी मार्दै सेभियाले सातौं पटक युरोपा लिगको च्याम्पियन बन्न सफल भएको हो। यसअघि सन २००६, २००७, २०१४, २०१५, २०१६ र २०२० मा च्याम्पियन बनेको थियो । सो खेलको ३५औं मिनेटमा पाउलो डिबालाको गोल गरेपछि रोमाले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि कतैवाट गोल हुन नसके पछि पहिलो हाफमा खेल १-० अन्तरमा रहन पुग्यो ।

उता, दोस्रो हाफको ५५ औं मिनेटमा रोमाका जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल १-१ को अवस्थामा आयो। तर, इन्जुरी समयमा थप गरिएको समयमा दुवैपक्षवाट गोल हुन नसके पछि खेल ट्राइबेकरमा जान बाध्य भयो ।