मूलपानी क्रिकेट मैदानको नाम अब ‘जयकुमारनाथ शाह’ !

काठमाण्डौँ - नेपाल क्रिकेट संघ क्यानले मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेको छ ।

क्यानको बैठकले मूलपानीको नाम पूर्व अध्यक्ष जयकुमारनाथ शाहको नामबाट राख्ने निर्णय गरेको हो । अब ‘जयकुमारनाथ शाह जेकेएनएस मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ नामकरण गरिएको छ ।

पूर्व अध्यक्ष शाहको सम्मानमा नामकरण गर्ने निर्णय भएको क्यानले जनाएको छ । नेपालमा दरबारभित्र सीमित क्रिकेटलाई शाहले नै आमनागरिकको पहुँचमा ल्याएका थिए ।

क्यानको बैठकले जिल्ला र प्रदेश अधिवेशनको पनि मिति तय गरेको छ । साउन मसान्तसम्म जिल्ला अधिवेशन र भदौ २० सम्म प्रदेश अधिवेशन गरिसक्ने निर्णय गरेको छ। केन्द्रीय निर्वाचन भने आउँदो असोज ५ र ६ गते हुने भएको छ।