संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सम्पन्न, प्रधानन्यायाधीशको टुंगो लागेन

काठमाडौँ - संवैधनिक परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ । सिंहदरवारमा मंगलबार भएको बैठकमा प्रधानन्यायधीशसहित रिक्त रहेका न्यायाधीशरूको नियुक्तबारे छलफल भए पनि कुनै निष्कर्षमा नपुगेको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठकले प्रधानन्यायाधीशसहित रिक्त रहेका न्यायाधीशहरूबारे टुंगो लगाउने बताए। अर्को बैठक साउन १८ गते बिहीबार बस्नेछन् ।