आजबाट प्रिमियम मूल्य १३७ थप गरी सोनापुर मिनरल्सको आईपीओ निष्कासन

सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले आजदेखि सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँटपश्चात् सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको हो । कम्पनीले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

सो आईपीओमा न्यूनतम १० देखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा असोज १७ गते हुनेछ । उक्त अवधिसम्म मागानुसार आवेदन नपरेमा असोज २८ गतेसम्म समय थप हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले जारी पुँजी तीन अर्ब सात करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् एक अर्ब २३ करोड २० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका एक करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

यो उद्योग दाङको तुलसीपुर उपमहानगरपालिका–१८ मा रहेको छ । ०६९ सालदेखि उद्योगले उत्पादन सुरु गरेको जानकारी गराइएको छ ।