images

कांग्रेसले पनि राष्ट्रियसभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने

काठमाडौं - नेपाली कांग्रेसले पनि राष्ट्रियसभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बिहान बसेको संदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदावारी दिने निर्णय गरेको हो ।

कांग्रेस संसदिए दलका मुख्य सचेतक रमेश लेखककाअनुसार उमद्वारीसँगै अन्य दलसँग पनि छलफल गर्ने निर्णय भएको छ । आज बिहान बसेको बैठकपछि लेखकले भने,'राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय भएको छ।

यसबारे अन्य दलहरूसँग छलफल गरेर अघि बढ्छौं।' राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आगामी माघ २३ गते हुँदैछ।

बिहीबार १९ माघ २०७९ ०५:२४ PM मा प्रकाशित

प्रतिक्रिया