अनलाइन मार्फत जुवा खेलाउने तीन व्यक्ति १ करोड ९ लाख नगदसहित पक्राउ

काठमाडौ - अनलाइनमार्फत अवैध किसिमले  जुवातास खेलाउने तिनजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौ महानगरपालिका - १ दरबारमार्ग क्यासिनो प्यालेसको अण्डरग्राउन्डमा अनलाइनमार्फत जुवा खेलाउने र विदेशी मुद्रा कारोबार गरेको आरोपमा तिनजना भारतीय नागरिकलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा  भारत पन्जावक ३२ वर्षिषि रिसव पाव, भारतको सिद्वार्थ पोष्टटमौका ५२ वर्षका गुलाव सिंह र भारत विकासपुरीका ३९ वर्षका गौरव सिंह छन् । उनिहरुसँग प्रहरीले १  करोड ९ लाख ४  सय ४५ रुपैयाँँ नगदसमेत बरामद गरेको छ।