मोदी इनर्जीले आजदेखि सर्वसाधारणका लागि आईपिओ निष्काशन

काठमाडौँ - मोदी इनर्जीले आज वैशाख १९ गते मंगलबारदेखि सर्वसाधारणका लागि आईपिओ निष्काशन गरेको छ । यस आईपिओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयसम्ममा सबै सेयर बिक्री नभएमा भने जेठ २ गतेसम्म खुला रहनेछ कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आईपिओ जारी गर्न लागेको छ । जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २९ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३५ हजार कित्ता बाँडफाँट गरिसकेको छ ।