आजको शेयर बजार ५३.७० अंकले घट्यो, कारोवार रकम कति ? 

काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । आइतबार नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा पुगेको छ ।  ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.२३ अंकले घटेर ३९०.५२ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २८६ कम्पनीको १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।