भिजन लुम्बिनी उर्जाको आइपीओमा आजदेखि आवेदन खुला

भिजन लुम्बिनी उर्जा कम्पनीको आज बिहीबार (कात्तिक १६ गते) देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर निष्कासन गरेको हो । यस कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपीओ बिक्रीमा ल्याएको हो । 

यसमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर १ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ । 

रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यो आइपीओलाई ‘आइआरएन डबल बी माइनस इस्यूआर’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । इन्फोमेरिक्सले २०७९ पुस २९ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० पुस २८ गतेसम्म बाहल रहनेछ ।

यस कम्पनीको कारोवार गर्ने मुख्य स्थान कम्पनीको रजिष्टर्ड कार्यालय रुपन्देही जिल्ला, बुटवल महानगरपालिका, वडा नं.६, गुरुद्धापथ, बुटवल, रुपन्देही कर्पोरेट कार्यालय, कामनपा १० बुद्धनगर, काठमाडौं र जलविद्युत उत्पादन केन्द्र कास्की जिल्लाको माछापुच्छे गाउँपालिका साविक घाचोक, सार्दिखोला, पुरानचौर र माछापुच्छे गा.वि.स मा रहेकोछ ।

कम्पनीले कास्की जिल्लास्थित सेती नदीको पानी प्रयोग गरी २५ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्ने अनुमति २०७७ असार १५ गते प्राप्त गरेको थियो । उक्त अनुमति २११२ असार १४ गतेसम्म बहाल रहन्छ । 

आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड ६३ हजार ६२४१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिमेगावाट अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.४६ वर्ष छ भने आयोजनाको डिस्काउण्ट लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष छ । एनपीभी १ लाख ९९ हजार ४३६ रुपैयाँ रहेको छ । 

भिजन लुम्बिनी उर्जा कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ रहेको छ । चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर नै अर्थात् १ अर्ब ९१ रुपैयाँ पुग्नेछ । यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ८०% र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको हिस्सा र सर्वसाधारण सेयरधनी समूहको हिस्सा २०% रहनेछ । 

कम्पनीले आर्थिक वर्ष २०८२–८३ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त आवसम्म आइपीओ बिक्रीपछि कायम हुने १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ पुँजी नै यथावत् रहनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म २९ करोड २८ लाख ११ हजार रुपैयाँ नाफा कमाउने वित्तीय प्रक्षेपणमा उल्लेख गरेको छ । 

त्यस्तै, २०८१—८२ मा ३३ करोड ८७ लाख ३३ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । साथै, आर्थिक वर्ष २०८१—८२ मा ३८ करोड ३९ लाख ८२ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।

यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ १४ पैसा कायम हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०८१–८२ सम्ममा प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७१ पैसा हुने प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ८५ पैसा हुने प्रक्षेपण छ ।