images

सुन १४ सय रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्यमा शुक्रवार एकै दिन १४ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्दै १ लाख ६ हजार एक सय रुपैयाँमा झरेको हो । 

यस्तै आज यता तेजाबी सुनको मूल्य समेत तोलामा १४ सय रुपैयाँले नै घट्दै १ लाख ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ३० रुपैयाँले घट्दै आज प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

शुक्रबार​ २० माघ २०७९ ११:५६ AM मा प्रकाशित

प्रतिक्रिया