एकीकृत समाजवादीका नेता भुसाल अस्पताल भर्ना

काठमाण्डौँ -  नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल अस्पताल भर्ना भएका छन् । पार्टी कार्यालय आलोकनगर जान आफैं गाडि चलाएर हिँडेका भुसाल बानेश्वरमा बेहोस भएका थिए ।

उनलाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।