बाँसबारी सार्वजनिक जग्गा पब्लिक कम्पनीको समझदारी, निजी कम्पनी बनाएर हिनामिना

काठमाडौ - बाँसबारी छाला तथा जुत्ता कारखानाको सार्वजनिक जग्गा हिनामिना गर्दा चौधरी समूहले पब्लिक कम्पनी बनाउने समझदारी गरी निजी कम्पनी बनाएर ठगी गरेको प्रहरीले जनाएको छ। सरकारी कम्पनीलाई च्याम्पियन फुटवेयर कम्पनीमा सेयर प्रकाशन गर्दा २४ प्रतिशत सर्वसाधारणलाई दिने भनेर समझदारी गरेकोमा सेयर बाँडफाँडको विवरणनै भेटिएको छैन ।

सिआइबीले चौधरी समूहक व्यवसायी अरुण चौधरी र  तत्कालीन छाला तथा जुत्ता कारखानाका अध्यक्ष अजितनारायण सिंह थापा, हाल व्यवसायी चौधरीका साझेदार सञ्जय ठाकुरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उक्त जग्गामा हाल चौधरी समूहले चाँदवाग विद्यालय सञ्चालन गर्दै आएको छ। 

चौधरी समूहले सरकारी कम्पनीलाई संगठित  ठगी गरी त्यहाँको १० रोपनी जग्गा अवैध किसिमले हत्याएको आरोपमा प्रहरीले अनुसन्धान गरेको हो। तीन महिनाभन्दा लामो अनुसन्धानपछि आरोपीलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।