सहकारी समस्या समाधान गर्न पूर्वन्यायाधीश गौतमको अध्यक्षता समिति गठन

सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको समस्या समाधान गर्न समितिको अध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश रमणकुमार गौतमलाई नियुक्ति गरेको छ। बिहिवार सिंहदरबारमा बसेको मन्त्रीपरिषदको बैंठकले समिति गठन गरेको हो। 

बैठकले आगामी वैशाख २८ गते शुक्रबार अपरान्ह २ बजे संघीय संसदको दुबै सदनको अधिबेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।