एकीकृत समाजवादीको महाधिवेशन : आजबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने

नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशन आज पनि जारी रहने छ । महाधिवेशन अन्तर्गत बुधबार दलको राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेजमा आएका सुझाव पेस गर्ने कार्यक्रम रहेको छ ।

उक्त दस्ताबेजबारे प्रतिनिधिहरूलाई १२ समूहमा विभाजन गरी छलफल गरिएको छ । छलफलबाट आएका सुझावलाई आज बिहान ११ बजे सुरु हुने बैठकमा टोली नेताले प्रस्तुत गर्नेछन् । समूहका टोली नेताको प्रस्तुति सकिएपछि दस्ताबेज परिमार्जनसहित अनुमोदन हुनेछ । त्यसपछि नेतृत्व चयन प्रक्रिया सुरु हुने एकीकृत समाजवादीले जनाएको छ ।

महाधिवेशनमा देशभरबाट एक हजार ८४९ प्रतिनिधि छनोट सहभागी छन् । ती प्रतिनिधिले २९९ केन्द्रीय सदस्य, २१ पदाधिकारी चयन गर्नेछन् । विधान संशोधन गरी पार्टीको सम्मानित नेता, वरिष्ठ नेताको पद सिर्जना गरिएको छ । आइतबार सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि समापन हुने एकीकृत समाजवादीले जनाएको छ ।