एमालेद्वारा राष्ट्रियसभा बैठक अवरूद्व

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठक पनि अवरूद्व गरेको छ ।

दिउँसो १ बजे बसेको बैठकको सुरूमै एमालेका सांसदहरूले उठेर विरोध गरेका थिए । एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै आएको छ ।

सरकारले उच्चस्तरीय छानबिन समिति बनाउन अटेर गरेको भन्दै एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरूद्व गर्दै आएको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसदहरूलाई बस्न आग्रह गरेपनि नबसेपछि अर्को बैठक साउन २२ गते दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ ।