भारत भ्रमणमा प्रधानमन्त्री दाहालको झण्डै १ करोड खर्च !

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा झण्डै एक करोड रुपैयाँ खर्च गरेका छन । 

अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चवापत ९५ लाख २७ हजार रुपैयाँ खर्च भएको छ ।

असार २०८० मा अर्थले विशिष्ट व्यक्तिको भ्रमण खर्चवापत सो रकम खर्च भएको जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को १५ जेठको बैठकले यो खर्च स्वीकृत गरेको थियो ।