एमालेले राष्ट्रिय सभा बैठक पनि चल्न नदिने

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सभाको बैठक पनि चल्न नदिने भएको छ । प्रतिनिधिसभाको बैठकमा साउन १० देखि अवरोध गर्दै आएको एमालेले राष्ट्रिय सभाको बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बोलाइएको बैठक पनि चल्न नदिने जनाएको छ । 

एमालेको राष्ट्रिय सभा संसदीय दलको नेता देवेन्द्र दाहालले संसद् बैठक चल्न नदिने निर्णय भएको जानकारी दिए । क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरेकाले राष्ट्रिय सभाको बैठक पनि चल्न नदिने उनको भनाइ छ ।