'सुशासनको सवालमा पार्टी भित्रैका भए पनि कसैलाई छोडिँदैन' : गृहमन्त्री श्रेष्ठ

 काठमाण्डौँ - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको सवालमा पार्टी भित्रैका भए पनि कसैलाई नछोडिने बताएका छन । 
माओवादी केन्द्रीय समितिको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले भ्रष्टाचार अन्त्यका लागि सरकार खरो रुपमा उत्रिएको पनि बताए । 

सुशासन स्थापना गर्ने र जनतालाई राहत दिने सरकारको मुख्य कार्यभार रहेकोउनको भनाई थियो । 
बुधवारको बैठकमा बोल्ने केन्द्रीय सदस्यले भ्रष्टाचारविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र उपप्रधानमन्त्री श्रेष्ठले चालेको कदमको स्वागत गरेका थिए ।उनीहरूले भ्रष्ट र आर्थिक अनियमितता गर्नेहरू पार्टीभित्र लुकेर बसेको भए पनि कारवाहीको दायरामा ल्याउन माग गरेका थिए । मन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकारले शुरु गरेको अभियान नरोकिने बताए । माओवादी केन्द्रीय समितिको बैठक प्रज्ञा भवनमा जारी रहेको छ । बैठक ५ दिनसम्म चल्नेछ ।