एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक साउन २२ गतेसम्म स्थगित

 काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक साउन २२ गतेसम्म स्थगित भएको छ । एमाले सांसदहरूले निरन्तर उठेर अवरोध जारी राखेपछि सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साउन २२ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

एमालेले सुन प्रकरणको विषयलाई लिएर दुवै सदनमा अवरोध गर्दै आएको छ । एमालेले सुन काण्डमा सरकार नै मुछिएको भन्दै उच्चस्तरीय छानविन समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको थियो । प्रतिनिधिसभा बैठक साउन २२ गतेका लागि बोलाइएको छ ।