आफ्नै छोरा र श्रीमतीको हत्या अभियोगमा दाङका प्रहरी जवान पक्राउ

दाङमा एक प्रहरी जवानलाई आफ्नै छोरा र श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत रहेका ३२ वार्षिय प्रहरी जवान पिमलाल नेपालीलाई अढाई वार्षिय छोरा र २२ वार्षिय श्रीमती टीका विकको हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको दङ  जिल्ला प्रहरी कार्यालय श्रोतले जानकारी दिए । 

नेपालगन्जबाट श्रीमती आएकी छिन भनी शनिबार राति कार्यालयसँग बिदा मागेर गएका नेपाली घोराहीको सहिदगेट सुपरलज होटलको कोठा नं. १ मा कोठा लिएर बसेका थिए । आइतबार बिहान एक आपसमा विवाद भएपछि सलले घाटी कसेर श्रीमती र छोरा दुबैको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताए ।