पश्चिम नवलपरासीमा अज्ञात समूहले सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

पश्चिम नवलपरासीमा अज्ञात नचिनेका मानिसहरुको समूहको गोली प्रहारबाट एक सुन व्यवसायी घाइते भएका छन् । बर्दघाट नगरपालिका - १६ केराबारीनजीकै नचिनेका व्यक्तिले गोली प्रहार गरी ६५ वर्षाका व्यवसायी गजेन्द्र विश्वकर्मालाई घाइते बनाएको  छ। सुस्त गाउँपालिका - १ बरुवामा सुनचाँदी व्यवसायी गर्ने विश्वकर्मामाथि घर फर्कने क्रममा गएराति गोली हानिएको प्रहरी श्रोतले बताए ।