आज नेप्से ३० अंकले घट्यो

सेयर बजार परिसूचक नेप्से झण्डै ३० अंकले घटेको छ । साताको तेस्रो दिन परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० अंकमा झरेको हो । बजारमा आज १२ अर्ब ९४ करोड बराबरको कारोबार भयो । घट्दो बजारमा आज १९८ कम्पनीको मूल्य घटेको छ । ४१ कम्पनीको मूल्य बढ्दा ५ कम्पनीको मूल्य स्थिर रहेको छ । 

बजारमा आज सबै उपसमूहका सूचक घट्दा सबैभन्दा धेरै गिरावट फाइनान्स र उत्पादनमूलक समूहमा रहेको छ । ती समूहको सूचक २ प्रतिशत बढीले घटेका छन् ।  बजारमा आज पनि गार्डियन माइक्रो लाइफको सेयर १० प्रतिशतले बढ्यो । सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । कारोबारका आधारमा आज पनि हिमालयन रिइन्योरेन्स अगाडि रह्यो । उक्त कम्पनी एक्लैको अर्ब बढीको कारोबार भएको छ ।