अनलाइनमार्फत ४९ लाख बढी ठगेको आरोपमा चार जना पक्राउ

अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा नक्कली आइडीको प्रयोग गरी ४९ लाख बढी ठगेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो। आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालयले चार जनालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा सर्लाही घर भई पुरानो बानेश्वर बस्ने २१ वर्षीय आदित्यकुमार सिंह, २० वर्षीय सिद्धार्थकुमार सिंह, २२ वर्षीय रामसेवक राम र पर्साका २४ वर्षीय आकाश साह सोनार छन्। 

उनीहरूले फेसबुक, ह्वाट्सएप, इमो, भाइबर, टिकटक, इन्स्टाग्राम लगायतबाट विभिन्न व्यक्तिहरूलाई सम्पर्क गर्थे। सम्पर्क गरी उनीहरूलाई महंगो आइफोनहरू सस्तोमा दिने प्रलोभनमा पार्थे। त्यसरी उनीहरूले रकम पठाउन लगाएर ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको हो।