झापा नापीका सर्वेक्षक ठाकुर भ्रष्टाचार मुद्दामा दोषी ठहर दुई जनाले पाए सफाइ

घुस रकमसहित पक्राउ  परेका दुईजनामध्य एकले सफाइ पाएका छन् । भने अर्का एकजनालाई कैद सजाय हुने फैसला भएको छ। विशेष अदालतले शुक्रबार घुस लिई भ्रष्टाचार गरेको मुद्दामा यस्तो फैसला गरेको हो । गत वर्ष कात्तिक २४ मा दायर एक मुद्दामा तिनजना प्रतिवादी रहेकोेमा एकजनालाई कसुर कायमको फैसला भएको हो। घुससहित पक्राउ परेको दाबी गरिएका अर्का एकजनासमेत दुई जनाले सफाइ पाएका छन् । विशेषका तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला सुनाएको हो। 

शुक्रबार विशेषले फैसला गर्दै सर्वेक्षक देवनारायण ठाकुरलाई ६ महिना कैद र उनलाई एकलाख २५ हजार रुपैयाँ जरिवानासमेत हुने विशेषले फैसलामा जनाएको छ । उनी सँग पक्राउ परेका भनिएका बिचौलिया उमेश  यादवले भने सफाइ पाएका छन् । यसै मुद्दाका प्रतिवादी अर्का सर्वेक्षक सुवासचन्द्र यादवले पनि सफाइ पाएका हुन् ।