मलेसियासँगको ५ खेलको टी-२० क्रिकेट शृंखला नेपालले जित्यो 

काठमाडौँ - मलेसियासँगको ५ खेलको टी-२० क्रिकेट शृंखला नेपालले जितेको छ।

पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३-२ ले जितेको हो । शृंखलाको पहिलो खेल हारेको नेपाल दोस्रो र तेस्रो खेल जित्दै जित नजिक पुगेको थियो । चौथो खेलमा मलेसियाले नेपाललाई हराउँदै शृंखला बराबरी गरेको थियो। तर, अन्तिम खेलमा नेपालले शानदार जित निकाल्दै शृंखला ३-२ ले आफ्नो पक्षमा पार्‍यो ।

अन्तिम खेलमा टस हारी पहिलो ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय नौ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली नेपालले भने १९.२ ओभरमा सात विकेट गुमाएर एक सय १० रन बनाउँदै विजयलक्ष्य पूरा गर्‍यो ।