सुन तस्करी प्रकरण : छानबिनको जिम्मा सीआईबीलाई दिन प्रधानमन्त्रीको निर्देशन

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक क्वीन्टल बढि सुन तस्करी प्रकरणको छानबिनको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई दिन निर्देशन दिएका छन् ।

बिहीबार साँझ प्रधानमन्त्री, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी किरण बज्राचार्य र राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच भएको गोप्य छलफलमा प्रधानमन्त्रीले छानबिनका लागि सीआईबीलाई जिम्मा दिन निर्देशन दिएका हुन् ।

बैठकमा गृहमन्त्री, आइजीपी लगाएतले पनि तस्करीको छानबिनको जिम्मा सीआईबीलाई नै दिनुपर्ने धारणा राखेका थिए । यस्तै प्रधानमन्त्री प्रचण्डले तस्करीमा जो कोही भएपनि नछोड्न सम्बद्व निकायलाई निर्देशन दिएका पनि स्रोतले जानकारी दिएको छ । उनले माओवादीकै नेता भएपनि नछोड्न निर्देशन दिँदै यसमा सरकारको पूर्ण समर्थन रहने प्रतिवद्वता व्यक्त गरेका हुन् ।